नवलपुर
जेसिभीको ठक्करबाट नवलपुरको देवचुलीमा एक जनाको मृत्यु
०

कावासोती,माघ २१-
नवलपुरमा जेसिभीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ बोहुना खोलामा रहेको देवचुली ३ निवासी लिलप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुरको निधन भएको हो ।
क्रसर भित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० बर्षीया निर्मला कुमारी महतलाई जेसिभी पार्किङ्ग गर्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ । ठक्कर दिने चालक देवचुली ४ निवासी १९ बर्षीय मनबहादुर नेपाली फरार रहेपनि पछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























