Breaking News
एनपीएल : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै
०

काठमाडौं ,कात्तिक ३-
राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित दोस्रो क्वालिफारयमा पुगेको हो ।
आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























