देश/प्रदेश

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

०
Banner

म्याग्दी,कात्तिक ३-

बेनी नगरपालिका–६ जामुनाखर्कस्थित आधारभूत विद्यालयको दुई कोठे भवन प्रवासी नेपालीको सहयोगमा निर्माण भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बहराइन र नेपाली क्लब अफ बहराइनको सहयोगमा उक्त भवन निर्माण भएको हो । बहराइनबाट रु पाँच लाख र स्थानीयबाट रु दुई लाख चन्दा सङ्कलन गरी भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत छन् ।

बेनी नगरपालिका–६ का वडासदस्य राधिका विश्वकर्माको नेतृत्वमा सहयोगी संस्थाका प्रतिनिधिलाई स्वागत र सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>