गण्डकी

लमजुङमा हिमपात हुँदा जनजीवन प्रभावित

Banner

लमजुङ, माघ २१-

जिल्लामा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च तथा ग्रामीण भेगमा परेको हिमपातका कारण जिल्लाभर चिसोले जनजीवन प्रभावित भएको छ । बिहीबार साँझदेखि वर्षा भएकोमा आज बिहानदेखि उच्च भेगमा हिमपात र जिल्लाका अधिकांश भागमा वर्षा हुँदा यहाँका जनजीवन प्रभावित हुन पुगेको हो ।

लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ, मस्र्याङ्दी गाउँपालिका–१, घनपोखरा ३, हर्सिङडाँडा र सिउरुङ, बेँसीशहर नगरपालिका–१० को पिस हिल, खाँचे, दोर्दी गाउँपालिका–६ दाम्राङ,लगायत ग्रामीण बस्तीमा बाक्लो हिमपात भएको स्थानीयवासीले बताएका छन् । घलेगाउँका स्थानीय गङ्गाबहादुर घलेले भन्नुभयो, “साँझदेखि हल्काहल्का परेको थियो । बिहानदेखि बाक्लो हिमपात हुँदा गाउँका १२५ घरधुरी नै हिमपातले ढाकेको छ ।”

अझै हिमपात र चिसो बढिरहेकाले यहाँका स्थानीयवासी काममा निस्कन नसकेको उहाँको भनाइ छ । यसअघि यही माघ १२ गते मङ्लबार हिउँ परेको थियो । हिमपात भइरहेकाले गाईबस्तुलाई खुवाउनका लागि घाँस काट्नसमेत जान नसकेको बताइएको छ ।

पिस हिल स्टेशनका सञ्चालक जीत तामाङले तल्लो बस्ती भुस्मेसम्मै हिउँ पर्दा यहाँका जनजीवन प्रभावित भएको बताउनुभयो । दोर्दी गाउँपालिकाका पर्यटन व्यवसायी युवराज अधिकारीले दाम्राङ डाँडामा पनि हिमपात भएकाले डाँडा क्षेत्र रमणीय देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले भन्नुभयो, “हिमपात नभएको स्थानमा वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।”

यतिबेला हिउँ नपरेको स्थानमा समेत चिसो भइरहेकाले अधिकांश स्थानीय घरभित्रै बस्न बाध्य भएको उहाँको भनाइ छ । हिमपात र वर्षा भइरहे पनि हालसम्म कुनै घटना तथा कुनै पनि सडक भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घलेगाउँ, सिउरुङलगायत गाउँ घरबास ९होमस्टे० हो । यहाँ हिउँ पर्दा विगतमा पर्यटक आउने गरे पनि यसवर्ष कोरोना सङ्क्रमणका कारण सुनसान रहेको घरवास सञ्चालकको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>