चितवन विशेष
चितवन प्रहरीको सक्रियतामा १४ थान मोबाईल फेला,मोबाईल धनीलाई हस्तान्तरण
०

चितवन, माघ २१-
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालयहरुले फेला पारेको १४ थान मोबाईल सम्बन्धित धनीलाइ प्रदान गरिएको छ । हराएका विभिन्न कम्पनीका मोबाइलहरु उनिहरुलाई प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी नरहरी अधिकारीले जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरीले फेला पारेको ६ थान मोबाइल र इलाकाले फेला पारेको ८ थान मोबाइल हस्तान्तरण भएको बताए । फेला परेका मोबाईल सामसुङ, ओपो, र आइफोन रहेको उनको भनाइ छ । मोबाईल धनीहरुले छिटो छरितो रुपमा फेला पारेको भन्दै प्रहरी टिमलाई धन्यवाद दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























