अपराध

सालको तयारी काठ सहित पूर्वी चितवनबाट तीन जना पक्राउ

Banner

चितवन, माघ २१ –

पूर्वी चितवनबाट सालको काठसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चालक रत्ननगर नगरपालिका ४ का ३३ वर्षीय राजकुमार मर्दनिया, राप्ती नगरपालिका १० का २० वर्षीय योगेन्द्र चेपाङ र कालिका नगरपालिका ११ का २१ वर्षीय रामलाल चेपाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले बागमती प्रदेश ०३–००१ च १३७१ नम्बरको गाडीमा लुकाई छिपाई तयारी काठ ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

राप्ती ६ पम्फापुलमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको सालको चिरेको अन्दाजी २९ क्यूफिट काठ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई कारबाहीका लागी डिभिजन वन कार्यालय भरतपुरमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>