चितवन विशेष
माडीका ६ नदीहरुमा तटबन्धका लागि छुट्ट छुट्टै बोलपत्र आह्वान
०

चितवन, माघ २१ –
चितवनको माडी नगरपालिका भित्रका ६ वटा नदीमा तटबन्धका लागि बोलपत्र आह्वान भएको छ । उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयले नदीमा तटबन्धका लागि टेन्डर आह्वान गरेको हो ।
मन्त्रालयले माडी नगरपालिका ३ स्थित रिउ खोला, माडी ३, ४ र ५ मा पर्ने मगुइ खोला, माडी ४ स्थित चितै खोला तथा माडी ९ स्थित बगही खोला, माडी ९ कै टमटा खोला र माडी ७ को परुही खोलाका लागि छुट्ट छुट्टै बोलपत्र आह्वान गरेको हो ।वर्षेनी हुने कटान रोक्नका लागि मन्त्रालयबाट दश करोडको बोलपत्र आह्वान भएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । फागुन २९ गते भित्र बोलपत्र बुझाउन मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।
वर्षेनी साना तथा ठूला नदीमा आउने बाढीका कारण माडीका बिभिन्नमा कटान हुँदै आएको छ । कटान रोक्नका लागि मन्त्रालयले तटबन्ध निर्माणको काम सुरु गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























