देश/प्रदेश

सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु

Banner

काठमाडौँ, माघ २१-

सल्यानमा बिहीबारदेखि चट्याङ र वर्षा भएको थियो । उक्त क्षेत्रकी एक महिलाको सोही दिन बेलुका चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको मृत्यु भएको हो । चट्याङ लागेर भएको थप क्षतिको विवरण आएको छैन।

त्यस्तै कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने हिमपात भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>