देश/प्रदेश

पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

Banner

कञ्चनपुर, माघ २१-

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख सुशीला चन्द सिंह, बेलडाँडी गाउँपालिकाका तर्फबाट अध्यक्ष धनबहादुर थापा तथा लालझाडी गाउँपालिकाका तर्फबाट अध्यक्ष मदनसेन वडायकले कार्य सहमति पत्रमा बिहीवार साँझ महेन्द्रनगरमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ ।

कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा आयोगका विज्ञसदस्य शाहले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन कार्य अगाडि बढाइसकेको बताउनुभयो । केही जिल्लामा आयोगका जिल्ला समिति गठन भई कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै उहाँले केहीसँग सहमतिपत्रमा हस्ताक्षर हुने क्रम जारी रहेको बताउनुभयो ।

जग्गा नापजाँचका लागि जनशक्ति आयोगले व्यवस्थापन गर्न लागेकामा जोड दिँदै उहाँले थप जनशक्तिका लागि स्थानीयवासीले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । विगतका आयोगले गरेका अधुरा कार्यबाटै नयाँ काम सुरु हुने उहाँको भनाइ थियो ।

आयोगका जिल्ला समिति अध्यक्ष ढुङ्गानाले कार्यालय व्यवस्थापनको कार्य भइरहेकाले विगतमा भएका कार्यको अध्ययन गरी दु्रतगतिमा काम अगाडि बढाइने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>