अपराध

अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोडको सुन र फोन सहित तीन जना पक्राउ

Banner

काठमाडौँ, माघ २०-

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो (बुधबार) झन्डै एक करोड रुपैयाँ बराबरको सुन र पाँच वटा मोबाइल फोन बरामद गरेको छ ।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको हो ।

सिन्धुपाल्चोक भोटेकोसी घर भएका दावा छिरिङ शेर्पा मलद्वारसहित शरीरका विभिन्न भागमा एक किलो ५५ ग्राम सुन लुकाएर ल्याए अवस्थामा प्रकाउ परेका हुन् । यस्तै रौहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका छन् ।

अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको सुन, फोन तथा पक्राउ परेका तीन जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>