देश/प्रदेश
लेक लागेर बेहोस् भएका एक युवकको मृत्यु
०

पाँचथर, माघ २०-
पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।
भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























