देश/प्रदेश
देवघाटबाट काठ तस्करी गरेर ल्याउँदै गर्दा भरतपुरका एक जना पक्राउ
०

देवघाट,माघ १९-
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना २ च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अवैध सालको काठ र जीपसहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
प्रहरीले ७४ थान अर्थात् ४८.९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ । काठ र जीपसहित चालकलाई आवश्यक कागजातसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























