अपराध

काठमाडौंबाट नक्कली पीसीआर रिपोर्ट बनाइ चर्को मुल्य लिने चार जना प्रकाउ, दुई फरार

Banner

काठमाडौँ, माघ १९-

काठमाडौंबाट नक्कली पीसीआर रिपोर्ट बनाउने र त्यसबापत चर्को शुल्क लिने चार व्यक्ति प्रकाउ परेका छन् भने दुई फरार छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ गरिएकोे हो ।

पक्राउ पर्नेमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् ।

उनीहरुले अस्पताल र प्रयोगशालाले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका-३२ का निर्मल गिरी भने फरार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>