देश/प्रदेश

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

Banner

काठमाडौँ, माघ १९-

मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए ।

सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, जिपी कोइराला मेमोरियल कलेज प्रमुख शिवप्रसाद अधिकारी र संस्थापक गोविन्द खनियाँ, नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल, नृत्य शिक्षक नरेन्द्र कोइराला, नृत्य निर्देशक केशव कोइराला, समाजसेवी नारायण सापकोटा, सूरनिकेतन म्युजिक स्कुल बङ्गलादेशका संस्थापक तथा शिक्षक मनोजबहादुर गोर्खा, पत्रकार जनाब सुल्तान अहमद, डा एपिजे फाउन्डेसनका अध्यक्ष बद्रीविक्रम थापा तथा सचिव अब्दुल खालिक र दिलीप थापा एवं सदस्य शम्भु दत्त तथा समाजसेवी केशव अधिकारी क्षेत्रीले सार्कका सदस्य नेपाल, भारत र बङ्गलादेशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो ।

हालै आयोजित कार्यक्रममा गायक आनन्द कार्की, कवि विमुन्स पौडेल, बालकलाकार शुभम थापा, मुस्कान गुप्तालगायतले गीत, कविता तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>