देश/प्रदेश
चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
०

सर्लाही,माघ १८-
सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका-५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २-०३-००१ प १०१९ नम्बरको मोटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























