देश/प्रदेश
काठमाडौँबाट एक युवकको शव फेला, दुई जना पक्राउ, एक जना फरार
०

काठमाडौँ, माघ १७-
काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा एक युवकको शव फेला परेको छ।
उक्त स्थानमा आइतबार राति केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा एक युवकको शव फेला परेको हो । उक्त स्थानमा आइतबार सवा ११ बजेतिर झगडा भएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल घटनास्थलबाट पक्राउ गरिएको छ । त्यस्तै झगडा गर्ने अर्का एक जना भने फरार छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























