देश/प्रदेश

बालविकास केन्द्रमा कार्यरत कर्मचारीको सेवा वृद्धि

Banner

पाल्पा, माघ १७-

पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिकाभित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।

गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो । माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक रु १६ हजार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको रु १५ हजार ४०० पु¥याइएको छ ।

कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीको रु १५ हजार र कक्षा १ देखि ५ सम्मकाको रु १५ हजार १०० तलब कायम गरेको छ । यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको रु १५ हजार २०० र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब रु १५ हजार ३०० पु¥याइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>