देश/प्रदेश

धर्मस्थली प्रवेशद्वार शिलान्यास

Banner

काठमाडौं, माघ १५ –

तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो । प्रवेशद्वारको तारकेश्वर नगरपालिका –६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>