चितवन विशेष
राप्रपाले भरतपुर महानगरको सबैै वडामा पार्टी कार्यालय खोल्ने
०

चितवन, माघ १३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भरतपुर महानगरपालिकाका सबै वडामा पार्टी कर्यालय खोल्ने भएको छ । महानगर कमिटीको हिजो (बुधबार) बसेको पहिलो बैठकले सो निर्याण गरेको हो ।
महानगर अध्यक्ष दीपक थापाको अध्यक्षतामा बसेको बैठकले सक्रियताका साथ वडा कमिटी समेत गठन गर्ने निर्णय गरेको छ । बैठकले माघ महिनाको अन्तिमसम्ममा भरतपुर महानगरको २९ वटा नै वडामा पार्टी कार्यलय खोल्ने र कमिटी निर्माण गर्ने निर्णय गरेको महानगर सचिव सुलव सिग्देलले जानकारी दिनुभयो ।
त्यस्तै महानगर कमिटीलाई पुर्णता दिनको लागि हरेक वडाबाट १÷१ जना महिला र पुरुष सदस्य पठाउन वडा अध्यक्षलाई जिम्मेवारी दिएको सिग्देलले बताउनुभयो । बैठकमा अध्यक्ष थापाले महानगर कमिटी सदस्यलाई राप्रपालाई बलियो शक्ति बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























