राजनीति
राष्ट्रिय सभामा निर्वाचनमा जनमोर्चालाई गठबन्धनको फाइदा, पायो एक सदस्य
०

काठमाडौं, माघ १२-
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् । सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् ।
जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले-माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























