चितवन विशेष

शक्तिखोरमा रहेको औद्योगिक क्षेत्रको मुख्यमन्त्री पाण्डेद्धारा निरिक्षण

Banner

चितवन, माघ ८-
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रकोे निरिक्षण गर्नुभएको छ ।

औद्योगिक क्षेत्रलाई प्रदेश सरकारले गर्न सक्ने सहयोगको विषयमा छलफल र स्थलगत निरिक्षण गरिएको औद्योगिक क्षेत्र संयोजक एवं संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो ।

सो अवसरमा बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल, बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णराज पन्त, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि शक्तिखोरमा स्थान पहिचान भए पनि बजेट अभावका कारण काम अगाडि बढ्न सकेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>