कर्णाली

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै

Banner

कर्णाली, माघ ६-

कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजनाकार्य अघि बढाएको छ ।राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणका लागि चालु आव २०७८/७९ मा प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो ।

“अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्ने छ”, रासससँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ ।” कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पु¥याउने उद्देश्यले आवास गृह निर्माण गर्न थालिएको उहाँले बताउनुभयो ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले चालु आव २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गरिने बताउनुभयो । “आवास गृहको निर्माण चालु आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ”, निर्देशक हमालले भन्नुभयो, “परियोजना प्रतिवेदन तयारपश्चात यसको क्षमता कति हो भन्ने थाहा हुन्छ ।”

उहाँका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ स्थित उत्तरगङ्गामा रु एक करोडको लगानीमा किरीयापुत्री भवन निर्माण गर्न थालिएको उहाँले बताउनुभयो । ती सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगपालिकामार्फत सम्पन्न हुने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>