देश/प्रदेश

बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

Banner

राँझा, माघ ६-

बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>