चितवन विशेष

अखिल नेपाल सुकुम्बासी संघ भरतपुरको वडा भेला सम्पन्न

Banner

चितवन, माघ ५-

अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला काली बहादुर स्मृति टोल बिकास सस्था गङगानगरमा सम्पन्न गरेको छ । भेलामा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम जिल्ला संयोजक यम बहादुर परियार (ईन्द्रजित) को प्रमुख आतिथ्यता तथा राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिना तथा सुकुम्बासी संघका केन्द्रिय सदस्य प्रकाश बहादुर पाण्डे बिशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
भेलाले सन्तबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना सुनार, सचिबमा अन्जना परियार, कोषाध्यक्षमा शोभा नेपाली, सह– सचिबमा भिमराज महतो चयन हुनुभएको छ ।

भुमिहिन सुकुम्बासीहरुको उपस्तिथि रहेको भेलामा प्रमुख अथिति इन्द्रजितले जनताको बर्षौ देखिको चाहाना पुरा हुने दिशा तिर काम अगाडि बढेको र आफ्नो अधिकार प्राप्त गर्न सबै सुकुम्बासीहरु अखिल नेपाल सुकुम्बासी संघमा संगठित हुन आग्रह गर्नुभयो ।

भेलालाइ सम्बोधन गर्दै भुमी आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले यहि माघ १८ गतेबाट भुमिविहिन सुकुम्वासीहरुको पुर्जावितरणका लागि ठोस कदम चालिने वताउनु भयो । नेकपा (माओवादी केन्द्र) भरतपुर १३ का अध्यक्ष सुदिप सुबेदीले राष्ट्रियता जनतन्त्र र जनजीबिकाको सबालमा देशकै मियो पार्टी माओबादी केन्द्र भएकाले अरु पार्टीको शब्दजालको भ्रममा नपर्न जनसमुदायलाई अपिल गर्नुभयो ।

सन्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ का इन्चार्ज चेत बहादुर तामाङले संचालन गर्नु भएको थियो भने भेलामा माओवादी केन्द्र भरतपुर १३ का नेता सुरेश बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>