राजनीति

विधानविपरीत समिति गठन गरिएकामा आपत्ति

Banner

काठमाडौँ, माघ ३-

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

समितिका अध्यक्षहरूले आज सामूहिकरुपमा एक विज्ञप्ति जारी गरी महासङ्घको तिलौराकोटमा सम्पन्न बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधानविपरीत समिति गठन खोजिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।

राज्यका विभिन्न निकायलाई सङ्घीयता कार्यान्वयन गराउनका लागि बारम्बार प्रश्न उठाउने पत्रकारको साझा संस्था महासङ्घले नै प्रदेश समितिलाई अङ्कुश लगाउने गरी समिति गठन गरेमा आफूहरूलाई मान्य नहुने महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो ।
विधान बाहिर गइ गरिने कुनैपनि कार्यमा आफूहरुको साथ र सहयोग नरहने उहाँको भनाइ थियो ।

यसरी विज्ञप्ति जारी गर्नेमा महासङ्घको प्रदेश १ का लीलाबल्लभ घिमिरे, प्रदेश २ का राजेश कर्ण, वाग्मती प्रदेशका शिव देवकोटा, गण्डकी प्रदेशका नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा, प्रतिष्ठान प्रदेशका अधिकारी र एशोसिएट प्रदेशका बैकुण्ठ पराजुली हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>