खेलकुद

चितवन जिल्ला लिग : यात्राको बिजयी सुरुवात

Banner

चितवन, पुस २३-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुपले बिजयी सुरुवात गरेको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा यात्राले रामपुर फुटबल क्लब रड्सलाई १-० ले पाखा लगायो ।

यात्राको जितमा विवेक थापा मगरले गोल गरे । खेलमा रामपुरले गोल गर्ने प्रसस्तै अवसर पाए पनि सदुपयोग गर्न सकेन । यात्राका डिफेन्डर र गोलरक्षक रामपुरका लागि बाधक बने ।

यात्राले कमै अवसर पाए पनि प्राप्त अवसर सदुपयोग गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा यात्राले गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा यात्राका विवेकले डि बक्स बाहिरबाट सुन्दर चिप गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको म्यान अफ दि म्याच यात्राका गोलरक्षक सौरभ कंडेल घोषित भए । उनले आधा दर्जन बढी उत्कृष्ट बचाउ गरेका थिए । जितसंगै यात्राले ३ अंक बटुल्यो ।

खेलपछि यात्राका प्रशिक्षक खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । अर्को खेलमा गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने समेत उनले बताए ।

आजको दोस्रो खेलमा पानस युवा क्लब र वातासिनो जि ब्वाइज भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>