राजनीति
अध्यक्ष ओलीद्वारा जिल्ला अधिवेशन उद्घाटन
०

काठमाडौँ,पुस २३-
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उहाँले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गर्नुभएको हो । अध्यक्ष ओलीले राष्ट्रियताको संवद्र्धन र प्रवद्र्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिनुभयो ।
हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























