कर्णाली
हुम्लामा माओवादी केन्द्रका पूर्व सांसद लामाको नेतृत्वमा ५० जना एमालेमा प्रवेश
०

काठमाडौं,पुस २१-
हुम्लामा माओवादी केन्द्रका पूर्व सांसद छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लास्तरीय नेता एमाले प्रवेश गरेपछि माओवादीमा तरङग पैदा भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका नेताहरू नेकपा एमालेमा प्रवेश गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बुधबार बालकोटमा लामा लगायतका नेतालाइ अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन । प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























