राजनीति
प्रचण्ड नै पार्टी र देशको अभिभावकः देव गुरुङ
काठमाडौं,पुस २१-
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् । नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताए । उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए ।
बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीबारे टुंगो लगाउने पनि जानकारी दिए । उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।
नेता गुरुङले भने, ‘पार्टीको निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यकताअनुसार, परिस्थितिअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो । पार्टी क्रान्तिको एउटा साधन हो, साध्य होइन । साधन भएको हुनाले साधनलाई मुलुकको आन्दोलनको, क्रान्तिको आवश्यक्ता र लचकतामा नै सञ्चालन र परिचालन गर्दै लैजाने विषय हो । यो साधन निर्माण गर्ने प्रक्रियामा कहिले बहुपद, कहिले एकल पदको अभ्यास हुँदै आइरहेको छ ।
























