चितवन विशेष

मुस्लिम समुदायको लागि ‘प्रथम खुल्ला नाथशरीफ प्रतियोगिता’

Banner

चितवन ः मुस्लिम समुदायको लागि ‘प्रथम खुल्ला नाथशरीफ प्रतियोगिता’ हुने भएको छ । मुस्लिम नेवा वेबारिसे शव जनाजा व्यवस्थापन केन्द्रको आयोजनामा हुने उक्त प्रतियोगिता पुस १८ नभई २४ गतेबाट सुरु हुने भएको छ । केन्द्रले भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो । जिल्लाका मुस्लिम समुदायका युवाको सर्वाङ्गीण विकासको लागि प्रतियोगिता गर्न लागिएको आयोजक बताउँछन् ।

केन्द्रका अध्यक्ष सहवुदिन मनसुली सुल्तानले शव व्यवस्थापनका लागि मुस्लिम समुदायको नाथशरिफ प्रतियोगिता गर्न लागेको बताए । नाथसरिफमा मुस्लिम समुदायको प्राथना प्रतियोगिता रहेको उनले बताए ।

प्रतियोगितामा चितवनसहित सात जिल्लाका सहभागिता हुनेछन। जिल्लाका २१ जनाको सहभागिता रहने उक्त प्रतियोगिताबाट संकलन हुने रकम वेवारिसे शव व्यवस्थापनमा सहयोग गरिने सुल्तानले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाइ रु २ हजार ५ सय ५५, दोस्रो हुनेलाइ रु १ हजार ५ सय ५५ र तेस्रो हुनेलाइ रु १ हजार ५५ र स्लामिक बस्त्र, प्रमाणपत्र पुरस्कार दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>