चितवन विशेष

अनेरास्ववियु जनआदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा गौतम चयन

Banner

आशिष उप्रेती,

चितवन, पुस १६-

पूर्वी चितवनको राप्तीमा रहेको जनआदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नयाँ कमिटी गठन भएको छ । नेकपा एमाले निकटको अनेरास्ववियु जनआदर्श बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा विवेक गौतम चयन भएका छन् । क्याम्पसमा आज शुक्रबार भएको सम्मेलनले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सरोज सुवेदी, सचिवमा लोकनाथ कंडेल, सहसचिवमा सुप्रिया न्यौपाने, शिशिर अर्याल, रिजन न्यौपाने र कोषाध्यक्षमा सरिता बस्नेत चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा शिक्षा विभाग उपप्रमुख जे.एन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवंम् राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, एमाले बागमती प्रदेश कमिटि सदस्य एवंम् पूर्व कृषि मन्त्री दावा दोर्जे लामा, एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द कंडेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रकाश भट्ट, स्वरुप सुयाल, नेकपा एमाले जिल्ला सदस्य घनश्याम कंडेल, नेकपा एमाले राप्ती नगर कमिटीका अध्यक्ष पुर्ण थापा, नेकपा एमाले राप्ती नगर कमिटीका इन्चार्ज सिताराम बल, अनेरास्ववियु सचिवालय सदस्य केशव कडेल, अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश आचार्य, जिल्लाका विद्यार्थी नेताहरु सुरज थपलिया, अमित कुमार गुप्ता, हरि आचार्य, प्रकाश कालाखेती, दिवस थपलिया, केशव रेग्मी, मेन्सिस भेटवाल, राजेन्द्र सापकोटा, नितिन बस्नेत लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम अनेरास्ववियु जनआदर्श बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष सुजन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>