राजनीति

गुल्मी पुगेर रोइन् रामकुमारी झाँक्री

Banner

गुल्मी,पुस १६-

शहरी विकास मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री विगतलाई स्मरण गर्दै भक्कानिएकी छन्। एकीकृत समाजवादी पार्टी गुल्मीको शुक्रवार पार्टी कार्यालय उद्घाटन गर्दै पहिले एमालेमा रहँदा मदनआश्रित एमाले पार्टी कार्यालय गुल्मीको भवन निर्माणमा आफूले बाँस बोकेको र गिटी कुटेको स्मरण गर्दै उनी भक्कानिएकी हुन्।

गुल्मीमै आफूले मेहनत गरेर बनाएको पार्टी कार्यालय छाडेर भाडाको पार्टी कार्यालय उद्घाटन गर्नुपर्दा मनमा दुःख लागेको र आफू भक्कानिनु परेको उनले बताइन्। एमाले पार्टी कार्यालय गुल्मी जस्ता धेरै भवनहरू बनाएको र आफूहरूको मेहनत परेको भन्दै सोही घर बस्न लायक नभएकाले अर्को पार्टी खोल्न बाध्य भएको उनले सुनाइन्।

खड्गप्रसाद ओली जस्ता नेताले पटक पटक संविधानलाई कुल्चने कार्य गरेकोले अहिलेको अवस्था आएको उनले बताइन्। ओलीले हुँदाखाँदाको दुई तिहाइको संसदलाई विघटन गरी बालुवाटारबाट बाल्कोट जानु परेको उनले उल्लेख गरिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>