खेलकुद
ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल हुँदै
०

काठमाडौँ, पुस १६-
सहीद स्मारक ए डिभिजन लिगमा आज दिउँसो १ बजे पहिलो र ४:४५ बजे दोस्रो खेल अन्तगत सातौं चरणका खेलहरु हुँदैछन् ।
विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी तथा एपीएफ एफसी र दोस्रो खेलमा फ्रेण्ड्स क्लब र एनआरटी भिड्दै छन् ।
एपीएफ विरुद्ध जित हात पार्दै अंक तालिकामा शीर्ष तीनमा पर्ने योजनामा रहेको आर्मी ६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको अंक तालिकामा तेस्रो स्थानमा छ ।
एपीएफ आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ ६ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा १ अंकले मात्र माथि छ ।
लिगको एक मात्र जितविहिन टिम फ्रेण्ड्स भने जम्मा ३ अंक जोडेर पुछारमा छ भने एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























