देश/प्रदेश
ढल खन्ने क्रममा पाटन दरबार क्षेत्रमा भेटियो लिच्छविकालीन शिलालेख
०

काठमाडौँ, पुस ७-
ललितपुरको पाटन दरबार क्षेत्रमा ढल खन्ने क्रममा लिच्छविकालीन अभिलेख भेटिएको छ ।
लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले भेट्टाएको हो ।
गत पुस ५ गते जमिनको गर्भभित्र भेटिएको उक्त अभिलेख सिमेन्ट लागेर सहजै पढ्न नसकिएको र लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ । कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको तथा ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको रहेको छ ।
त्यस्तै राजवंशीका अनुसार गत २०७८ भदौ २९ गते ढल खन्ने क्रममै पूर्वमध्यकालको शिलालेख भेटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























