अपराध

चितवनबाट अबैध रुपमा नदिजन्य पर्दाथ निकास गर्ने एक जेसीबी र चार टिपर नियन्त्रणमा

Banner

चितवन, पुस ६-

चितवनबाट अबैध रुपमा नदिजन्य पर्दाथ निकास गर्ने एक जेसीबी र चार टिपरलाई प्रहरीले हिजो नियन्त्रणमा लिगेको छ ।

प्रहरी चौकी जुगेडीबाट खटिएको टोलीले नदिजन्य पर्दाथ चोरी निकास कार्यामा संलग्न रहेको एउटा जेसीबी र दुई वटा टिपरलाई जुगेडीबाट नियन्त्रणमा लिगेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले रामनगर एरियाबाट दुई वटा टिपरलाई नियन्त्रणमा लिगेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनकी इन्सपेक्टर कमला नरालको अनुसार हिजो २ बजे जुगडी र रामनगरबाट उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै उक्त सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि सम्बन्धीत निकायमा चिठी बुझाएको इन्सपेक्टर नरालले बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>