Breaking News

गैंडाकोटमा हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जना पक्राउ

Banner

नवलपुर,पुस ६-

पूर्वी नवलपरासीको गैडाकोटमा हातहतियार देखाई लुटपाट गर्न खोज्ने ३ जनालाई नवलपुर प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ अमरापुरी मा ४७ बर्षीय अनिता श्रेष्ठलाई आफ्नै घरको पसलमा बसिरहेको अवस्थामा ३ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई लुटपाट गर्न खोजेको थियो ।

लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जना व्यक्तिहरु आई हतियार देखाई निजको घाटीमा लगाएको सुनको सिक्री लुटेर भाग्न खोज्दा स्थानीयले एक जनलाई घेरा हाली पक्राउ गरेको थियो । स्थानीयले पश्चिम नवलपरासीको रुपौलिया गाउँपालिका १ बस्ने बर्ष २२ को रामबहादुर क्षेत्रीलाई नियन्त्रणनमा लिई गैडाकोट प्रहरीलाई खबर गरेको थियो ।

निजलाई पक्राउ गरेपछि इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको टोलीले थप दुई जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पन्थले जानकारी दिए । प्रहरीले लुटपाटमा प्रयोग गरिएको लु ४० प ८४३६ नम्बरको मोटरसाइकल र ४ वटा राउण्ड लोड भएको अवस्थामा रिवल्भर बरामद गरी नियन्त्रणमा लिएको छ ।

प्रहरीले गैडाकोट नगरपालिका १४ निवासी ३४ बर्षीय आशिष सुनार र पश्चिम नवलपरासीका सुस्ता गाउँपालिका ९ निवासी २० बर्षीय संजय गुरुङलाई पनि पक्राउ गरेको छ । उनीहरु दुई जनालाई भने गैडाकोट १४ मा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–६ हातहतियार तथा खरखजना सम्बन्धि कसुर र परिष्छेद–२० को चोरी तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान कार्य अघि बढाईएको प्रहरी निरीक्षक पन्थले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>