इच्छकामना
चितवनको फिस्लिङमा ट्रकले ठक्कर दिँदा घरभित्रै छिर्यो माइक्रोबस
०

चितवन,मंसिर २३-
सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ । पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडक छोडेर घरतिर हुत्तिएको हो । पृथ्वीराजमार्गको चितवन खण्ड अन्तर्गत चितवनको इच्छाकामाना गाउँपालिका–३ फिस्लिङ बजारमा उक्त दुर्घटना भएको हो।
काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको माइक्रोबसका यात्रुमध्ये चारजना सामान्य घाइते भएका छन् । बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई एकै साइडमा रहेको ना ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तस्विरः दानबहादुर गुरुङ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























