शिक्षा
अबदेखि कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने
०

काठमाडौं, मंसिर २१-
कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन्। यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो।
कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ। बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























