चितवन विशेष

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

Banner

भरतपुर, साउन २३-

चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा टेकबहादुर थापा सातौँ पटक सर्वसम्मत चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको हालै सम्पन्न बैठकले ८१ वर्षीय थापालाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। लामो समयदेखि सोही विद्यालयको नेतृत्व सम्हाल्दै आएका थापा सातौँ पटक अध्यक्ष बनेसँगै नेपालकै शिक्षा क्षेत्रमा सम्भवतः सबैभन्दा धेरै पटक विव्यस अध्यक्ष बन्ने कीर्तिमान समेत कायम गरेका छन्। ८१ वर्षको पाको उमेरमा पनि उनी बिहान ६ः३० बजेदेखि बेलुका ६ः३० बजेसम्म विद्यालयकै व्यवस्थापन र सुधारका काममा निरन्तर खट्दै आएका छन्।

थापाकै सबल र गतिशील नेतृत्वका कारण नारायणी नमुना माविले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। हालै सार्वजनिक एसईईको नतिजा अनुसार यस विद्यालयका ३७ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्। विद्यालयलाई देशकै उत्कृष्ट नतिजा ल्याउने सार्वजनिक विद्यालयको रूपमा स्थापित गराउन उनको ठूलो योगदान रहेको छ। सरकारले ल्याएको शिक्षा सम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै पुरानै शिक्षा ऐन बमोजिम प्रक्रिया पुर्‍याएर थापालाई पुनः अध्यक्ष चयन गरिएको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।

व्यवस्थापन समितिको ज्येष्ठ सदस्य ईश्वर प्रसाद पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा अम्बिका सापकोटा पौडेल समेत चयन भएकी छन्। विद्यालयका प्राचार्य रामशरण दुवाडी लगायतका जनप्रतिनिधि तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा सो नयाँ समिति गठन गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>