देश/प्रदेश
कांग्रेस महाधिवेशन: प्रदेश नं १ को मतगणना सुरु
०
विराटनगर, मङ्सिर १९-
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।
बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए । मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ ।
कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>