राजनीति

धर्म परिवर्तन गर्न दिनुपर्छ,परिवर्तन गराउनेलाई जेल हाल्नु लोकतन्त्रविरोधिः मुख्मन्त्री पाण्डे

Banner

मकवानपुर,मंसिर १५-

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले धर्म परिवर्तन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधि भएको बताएका छन् । नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर ईसाई समाजको संयुक्त आयोजनामा भएको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउदै धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत भएको टिपणी गरेका छन् । उनले धर्म परिवर्तन गर्ने कुरा बन्देज लगाउन नहुने तर्क गरे ।

यस विषयमा प्रदेश सरकार गम्भिर रहेको र केन्द्रमा समेत यस बिषयमा आवाज उठाउने भन्दै सरकारले कुनै पनि धर्मप्रति भेदभाव नराखेको उनले बताए । धर्म र संस्कृतिको हिसाबले अरु देशभन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उनले जानकारी दिए । पाण्डेले भने, ‘हाम्रो नेपाली समाज अरु देशकोभन्दा पृथक र छुट्टै पहिचान बोकेको छ । सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय बीच घनिष्ठ सम्बन्ध रहेको छ । हामी सयौँ जातको फुलबारीको हो भन्ने देशलाई फुलबारीको रुपमा विकास गर्नु पर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>