समाज
मनकामना मन्दिरमा पुजारीको हृदयाघातबाट मृत्यु
०

गोरखा,मंसिर १०-
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिई आउनुभएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ ।
हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४ का रत्नराज बज्राचार्यको हृदयाघातबाट गए राति निधन भएको मनकामनाका स्थानीय दिनेश जोशीले जानकारी दिनुभयो । पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको जोशीले बताउनुभयो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























