खैरहनी

सुचना प्रविधि क्षमता मुल्यांकनमा खैरहनी नगरपालिका प्रथम

Banner

चितवन, मंसिर ९ –

स्थानीय तहहरुको सुचना प्रविधि क्षमता मुल्यांकनमा चितवनको खैरहनी नगरपालिका देशभरका स्थानीय तहमा चौथौ नम्वरमा परेको छ भने चितवनको पहिलो वनेको छ । बागमती प्रदेशको भने दोश्रो हुन सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुचना प्रविधि क्षमताको लेखाजोखा तयार पारी गरिएको मुल्यांकनमा खैरहनी देशभरबाट चौथो हुन सफल भएको हो ।

४३४ स्थानीय तहबाट विवरण प्रविष्टि भएकोमा खैरहनी नगरपालिकाले कुल ७६ अंक प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले ८० अंक प्राप्त गर्दै देशभरको स्थानीय तहमा प्रथम भएको छ । जनशक्ती व्यवस्थापनको अवस्था,सुचना प्रविधिसंग सम्वन्धीत पूर्वाधारको अवस्था,सुचना प्रविधिमा संस्थागत क्षमताको अवस्था,सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग,वेबसाईट व्यवस्थापनको अवस्था,डिजिटल साक्षरताको अवस्था तथा सुचना प्रविधि सम्वन्धी नितिगत व्यवस्थालाई सुचक वनाएर मुल्यांकन गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि गरेको स्वमुल्यांकनमा पनि खैरहनी नगरपालिका चितवन जिल्लाको प्रथम भएको थियो । मुल्यांकनमा प्रथम भएको खुसी व्यक्त गर्दै खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले सुचना प्रविधिको उच्चतम प्रयोगवापत नजिता प्राप्त भएको वताए । नगर प्रमुख चौधरीले सुचना प्रविधि शाखामा कार्यरत कर्मचारी लगायत अन्य कर्मचारीहरुको अथक मिहिनेतले नजिता प्राप्त भएको भन्दै लगनशील,मिहिनेतलाई निरन्तरता दिन आग्रह गरे ।

सुचना प्रविधि क्षमता मुल्यांकनमा भरतपुर महानगरपालिका जिल्लाको दोश्रो भएको छ भने देशभरबाट ५८ औं स्थानमा छ । जिल्लामा तृतिय भएको रत्ननगर नगरपालिका देशभरमा १२५ औं स्थान,जिल्लामा चौथो भएको माडी नगरपालिका देशभर १२८ औं स्थान,जिल्लामा पाँचौ भएको इच्छाकामना गाउँपालिका देशभर १४० औं स्थानमा,जिल्लामा छैठौ भएको राप्ती नगरपालिका देशभरमा १७९ स्थानमा र जिल्लामा अन्तिम अथवा सातौ स्थानमा रहेको कालिका नगरपालिका देशभरमा ३२८ औं स्थानमा परेको छ ।

मुल्यांकनमा प्रथम भएको चौरजहारी नगरपालिकाले ८० अंक प्राप्त गर्दा अन्तिम स्थानमा रहेको सुदुरपश्चिम वैतडीको पंचेश्वर गाउँपालिकाले १९ अंक मात्र प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>