चितवन विशेष

महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि मानव सेवा आश्रममा निरु कार्कीको समाजसेवा

Banner

चितवन,मंसिर ८-

नेपाली काँग्रेसको आसन्न १४ औं केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि नेपाली काँग्रेस चितवनकी नेतृ निरु कार्कीले समाजसेवा सुरु गरेकी छन । आज (बुधवार) भरतपुर स्थित मानव आश्रममा पुगेर उनले बृद्धबृद्धालाई एकछाक खाना खुवाएकी हुन ।

चितवन क्षेत्र नम्वर २ बाट कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । राजनीति समाजसेवा भएका कारण प्रतिनिधि निर्वाचित गरेपछि पहिलो काम मानवसेवा आश्रममा सहयोग गरेको बताइन् । उनले समाजिक कामलाई निरन्तरता दिने बताइन् । उनिसंगै नेपाली काँग्रेस चितवनका सहसचिव राजन कार्की समेत सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>