चितवन विशेष
चितवन अटो मोबाइल्स एशोसियसनको अध्यक्षमा कृष्ण भण्डारी

चितवन, मंसिर– ४
चितवन अटो मोबाइल्स एशोसियसनको २० औं साधारण सभा एवम् ११ औं अधिवेशनले कृष्ण भण्डारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन भएको छ । एशोसियसनको प्रथम उपाध्यक्षमा कुलबहादुर क्षेत्री, द्वितिय उपाध्यक्ष राजेन्द्र भट्टराई, तृतिय उपाध्यक्ष क्षेत्रगत देवीप्रसाद बराल, सचिव भिमप्रसाद सुवेदी, कोषाध्यक्ष जितबहादुर सेढाई, सह सचिव पुरुषोत्तम पौडेल, सह कोषाध्यक्ष रामशरण भट्टराई चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा अविनाश श्रेष्ठ, विकासचन्द्र घिमिरे, राजाराम सापकोटा, मुक्तलाल शर्मा सुवेदी, सुमन भुषाल, प्रशान्त पौडेल, चिरन्जीवि अर्याल र बाचस कट्टेल चयन हुनुभएको छ ।

निर्वाचन समिति संयोजक अधिवक्ता खगराज कंडेल, सदस्यहरु महेन्द्र वाग्ले, ज्ञानु प्रसाद न्यौपाने र एशोसियसनका प्रतिनिधिहरुको छलफल पछि निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो ।
एशोसियसनको २० औं साधारण सभा एवं ११ औं अधिवेशनका प्रमुख अतिथि अटोमोबाइल्स एशोसियसन अफ नेपाल नाडाका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्रले आर्थिक वर्ष २०७७/०७८ मा सरकारको कुल राजश्वको २५ प्रतिशत अर्थात २ खर्ब ५० अर्व राजश्व बुझाएको बताउनुभयो ।
उहाँले सरकारलाई सबैभन्दा धेरै राजश्व बुझाउने अटोमोबाइल क्षेत्र भएको बताउनुभयो । राज्यलाई धेरै राजश्व बुझाउने र अधिकतम रोजगारी दिने क्षेत्रको रुपमा अटोमोबाइल क्षेत्र भएको अध्यक्ष दुलालको भनाइ छ । उनका अनुसार यस क्षेत्रले १६ लाख नागरिकलाई रोजगारी दिएको छ ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले चितवनमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाटै यातायात सम्बन्धि सबै काम हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नाडाका उपाध्यक्ष, महासचिव, वागमति प्रदेश प्रतिनिधि, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, भरतपुर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित, यातायात सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेल लगायतले मन्तव्यका क्रममा चितवनमा उठ्दै आएको अटोल्याण्ड निर्माण कार्यलाई तिव्रता दिन आग्रह गरेका थिए । अटोल्याण्ड निर्माणका लागि भरतपुर महानगरले उपलब्ध गराएको जग्गामा भएको विवाद अन्त्य गरी निर्माण कार्यमा जुट्न अनुरोध गरिएको छ ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष शिवराज गीरी, गिनिज बुक वल्र्ड रेकर्डर विकर्ण कुमार श्रेष्ठ, एशोसियसनका उत्कृष्ट संयोजक, समिति तथा उपसमिति सदस्य, कार्य समिति, सदस्यलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा उत्कृष्ट प्रेसिडेन्टियल अवार्डबाट चितवन अटोमोबाइल्स एशोसियसनका सचिव राजेन्द्र भट्टराई सम्मानित हुनुभएको छ । चितवन अटोमोबाइल्स एशोसियसनका अध्यक्ष अमृत जोशीले स्वागत मन्तव्य राख्दै अध्यक्षता ग्रहण गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण भण्डारीको उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।



























