चितवन विशेष
भरतपुरमा खुल्यो द प्यासिफिक फुड प्यालेस, प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

चितवन, कार्तिक २४ –
भरतपुर महानगरपालिका १० तीन नम्बर चोकमा द प्यासिफिक फुड प्यालेस सञ्चालनमा आएको छ ।
प्यालेसको आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सहुलियत दरमा राम्रो र गुणस्तरी खाना खुवाउन आग्रह गर्दै होटलहरुले गुणस्तरीयतामा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
फुड प्यालेसका सञ्चालक कृष्ण अधिकारीले विद्यार्थी र कार्यालयमा काम गर्ने कर्मचारीलाई लक्ष्ति गरी होटल सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘द प्यासिफिक फुड प्यालेसमा स्टाण्र्डड लेभलमा सस्तो खाना पाइन्छ । हामीले १०० रुपैयाँमा सादा खाना दिन्छौं । खानामा धेरै परिकार समावेश छन् ।’
होटलमा १५ जनाले रोजगारी पाएको देवकोटाले जानकारी दिए । शिक्षण पेसा छाडेर व्यावसायमा होमिएका अधिकारीले एकपछि अर्काे व्यावसायमा हात हाल्दै सफलता चुमिरहेका छन् । भरतपुर तरकारी तथा फलफूल मण्डीका सञ्चालक मध्येका एक अधिकारीले प्यासिफिक गल्र्स होस्टेलनाम पनि सञ्चालन गरेका छन् ।



























