देश/प्रदेश

जीप दुर्घटना हुँदा चालकको मृत्यु

Banner

कर्णाली, कात्तिक १८-
दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा १ च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा घोराही नगरपालिका–१३ का अन्दाजी २८ वर्षीय जीपचालक राजु विक रहेका छन् । प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि कालागाउँस्थित प्रदेश अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो । सोही दुर्घटनामा परी लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार सामान्य घाइते भएका थिए । जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>