चितवन विशेष
बालकुमारी कलेजमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

चितवन, कार्तिक १५ –
बालकुमारी कलेज बिआइसिटी क्लबले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
क्लबले आज सोमबार बिकेसी र बिआइसिटी इन्टर क्लास हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।
कार्यक्रम संयोजक आदर्शन सापकोटाका अनुसार प्रतियोगितामा विआइसीटी र विआइएमका ५ वटा कक्षाको सहभागिता रहेको थियो । प्रत्येक टोलीमा ३ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिआइसिटी तेश्रो सेमेष्टर प्रथम भएको छ भने बिआइसिटी पाँचौ सेमेष्टर दोश्रो भएको छ । यस्तै तेश्रो हुनेमा बिआइसिटी प्रथम सेमेष्टर रहेको छ ।
प्रथम हुनेलाई ६४ जिबीको पेन्ड्राइभ, दित्तीय हुनेलाई ब्याक लाइट किबोर्ड र तृतीय हुनेलाई वायरलेस माउस पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा बालकुमारी क्याम्पस प्रमुख जगदिशोर खनाल, सहायक क्याम्पस प्रमुख बालनन्द सिग्देल, बिआइसिटी विभाग प्रमुख श्रीप्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।



























