चितवन विशेष

एमाले अध्यक्ष ओली भोली चितवन आउने, १६ गते माडीको अयोध्याधाम जाने

Banner

चितवन,कार्तिक १४-

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही कार्तिक १६ गते माडीको अयोध्याधाममा आयोजनामा गरिएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुनेभएको छ । नेकपा एमाले माडी नगर कमिटीले कार्तिक १६ गते माडी ९ अयोध्याधाममा अयोजना गरेको भेटघाट एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको हो ।

अयोध्यधामको निरीक्षण गर्नको लागि माडी जाने कार्यक्रम निर्धारण भएको नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । एमाले अध्यक्ष अयोध्याधाम आउने कार्यक्रम निर्धारण भएपछि नेकपा एमाले माडी नगर कमिटी कार्यक्रम सम्पन्न गर्न सक्रिय भएर लागेको छ । कार्यक्रमलाई व्यवस्थित रुपले सम्पन्न गर्नको लागि नेकपा एमाले माडी नगर कमिटीको आज सम्पन्न बैठकले ५ वटा उप समितिहरु गठन गरेको नेकपा एमाले माडी नगर कमिटिका अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारी रहनुभएको छ । कार्यक्रमलाई व्यवस्थित गर्नुका साथै समग्र माडीको विकास र अयोध्याधामको गुरुयोजनाका सम्बन्धमा व्यवस्थित छलफल गर्ने उद्देश्यले आइतवार माडीका ९ वटै वडा कमिटीको बैठक आयोजना गरिएको प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । केपी ओली माडी आउने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

एमाले अध्यक्ष ओली नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजना स्थल निरीक्षण गर्नुका साथै नेकपा एमाले भरतपुर महानगरपालिकाको अधिवेशन उद्घाटन गर्न कार्तिक १५ गते नै चितवन आउने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>