चितवन विशेष

नेकपा एमालेको राप्ती नगर अध्यक्षमा श्यामसुन्दर उप्रेती ‘राजा’ को उम्मेद्वारी

Banner

चितवन,कार्तिक ८-

चितवनको राप्ती नगरपालिमा नेकपा एमाले राप्ती नगर कमिटीको आज हुने नगर अधिवेशनमा साविकको पिप्ले गाविसबाट राप्ती–२ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेती ‘राजा’लाई नगर अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ । हालको राप्ती नगरपालिका वडा नम्बर १, २ र ३ को नेकपा एमालेको सोमबार बसेको बैठकले नेकपा एमालेका युवा नेता एवम् राप्ती नगरपालिका वडा न–०२ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेती ‘राजा’लाई नगर अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सोमबार बसेको सामुहिक बैठकले उप्रेतीलाई नगर अध्यक्षमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले चितवन जिल्ला कमिटी सदस्य एवम् राप्ती नगर इन्चार्ज श्यामकृष्ण आचार्यले बताउनुभयो । बैठकमा साविक पिप्ले गाविस हाल राप्ती नगरपालिका वडा नं १, २ र ३ बाट जिल्ला कमिटी सदस्यमा प्रतिनिधित्व गर्ने सदस्यहरु, पार्टी वडा कमिटी अध्यक्ष, सचिवलगायत सयौँ युवाहरुको उपस्थिति रहेको थियो ।

राप्ती नगरपालिकामा श्यामसुन्दर उप्रेती ‘राजा’ लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ । उप्रेती हाल राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्षका साथै नेकपा एमाले चितवन पूर्वजिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपाल चितवन पूर्वजिल्ला कमिटी सदस्यसमेत हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>